भूकम्प पीडितहरूका लागि एभरेष्ट बैंकको २५ लाख आर्थिक सहयोग

भूकम्प पीडितहरूका लागि एभरेष्ट बैंकको २५ लाख आर्थिक सहयोग

काठमाडौं : एभरेष्ट बैंकले शुक्रबार गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको लागि उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले २५ लाख रूपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा जम्मा गरेको छ।

उक्त रकमबाट भुकम्प प्रभावितहरूको राहत र उद्धारमा थोरै भए पनि सहयोग पुग्ने र आगामी दिनमा समेत यस्ता सहयोग जारी रहने बैंकले जनाएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवर्द्धन, दुर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछिडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आइरहेको छ।

कात्तिक २२, २०८० बुधबार १९:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।