बङ्लादेशमा  ११ महिनाको अवधिमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु

बङ्लादेशमा  ११ महिनाको अवधिमा डेङ्गुबाट एक हजार चार सयको मृत्यु
फाइल फोटो

एजेन्सी :  ११ महिनाको अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु ज्वरोले बङ्लादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ। करिब तीन लाख सङ्क्रमित भएका छन्।

स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) को पछिल्लो तथ्यांक अनुसार यो वर्ष डेङ्गुको प्रकोप चिन्ताजनक अवस्थामा पुगेको छ। 

नोभेम्बर ७ सम्म कूल दुई लाख ८३ हजार पाँच सय ९३ सङ्क्रमित भएका छन् भने एक हजार चार सय २५ को मृत्यु भएको छ।

महानिर्देशनालयले यो वर्ष जुलाईमा दुई सय चार, अगस्टमा तीन सय ४२, सेप्टेम्बरमा तीन सय ९६, अक्टोबरमा तीन सय ५९ र नोभेम्बरमा ७७ जनाको डेङ्गुबाट मृत्यु भएको जनाएको छ। 

गत महिना ६७ हजार सात सय ६९ मानिसमा डेङ्गु सङ्क्रमण भएकामा नोभेम्बर १ देखि ७ सम्म थप १२ हजार चार सय १८ जना सङ्क्रमित भएका छन्।

व्यापकरूपमा डेङ्गु फैलिएपछि चीनले मङ्गलबार बङ्लादेशलाई डेङ्गुविरोधी आपत्कालीन आपूर्तिको समूह प्रदान गरेको छ।

कात्तिक २२, २०८० बुधबार १९:३७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।