‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल स्पोन्सरमा क्लोजअप नेपाल

‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल स्पोन्सरमा क्लोजअप नेपाल

काठमाडौं : दन्त स्वास्थ्य ब्रान्डको रूपमा नाम कमाएको क्लोजअप नेपालले अति अपेक्षित ‘अरिजीत सिंह लाईभ इन नेपाल’ कन्सर्टको टाईटल स्पोन्सरशिपको घोषणा गरेको छ।

सन् २०२३, नोभेम्बर २५ काठमाडौं, बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुन गइरहेको यस कार्यक्रमको व्यवस्थापन ग्यारेज इन्टरटेनमेन्ट र एम. एन. प्रोडक्सन्सले गरिरहेको छ। 

यस कन्सर्टमा आउने सबैका लागि अविस्मरणीय अनुभव बनाउनका लागि क्लोजअप नेपालले तयारी गरिरहेको कम्पनीले जनाएको छ। 

पछिल्लो समयमा प्रतिभाशाली सुशान्त केसीसँग सहकार्य गर्दै क्लोजअप नेपालले सामाजिक सञ्जालमा फर्स्ट मुभ एट नजिक आउ डिजिटल अभियानमा सफलता हासिल गर्न सफल भएको थियो।

आत्मविश्वास र ताजगीका साथ आफ्नो मनपर्ने व्यक्ति प्रति नजिक हुन र पहिलो कदम चाल्न प्रोत्साहन गर्नु यस अभियानको प्रमुख उद्देश्य रहेको थियो। 

यो स्पोन्सरशिप क्लोजअप नेपालको जोश र उमंगले भरिएको अनुभव बाँड्ने र सबैलाई नजिक ल्याउने पहल भएको कम्पनीको दावी छ। 

यस कार्यक्रमको टाईटल स्पोन्सरको रूपमा क्लोजअप नेपालको लक्ष्य संगीतको जादु र महोत्सव मनाउनु तथा युवा श्रोतासंग दीर्घकालीन सम्बन्ध स्थापना गर्नु रहेको कम्पनीको भनाइ छ।

कात्तिक २२, २०८० बुधबार १९:२७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।