विद्युत प्राधिकरणको बक्यौता असुली अभियान : महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

विद्युत  प्राधिकरणको बक्यौता असुली अभियान : महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटियो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले समयमा विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ। 

विद्युत महसुल बक्यौता असुलीलाई अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले विद्युत लाइन काटेर झन्डै ५० करोड रुपैयाँ असुल गरेको जनाएको छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए।

असुलउपर गर्नुपर्ने विद्युत महसुल बक्यौता बृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकको लाइन काटिरहेका छन्।

विद्युत महसुल सङ्कलन विनियमावली २०७८ को प्रावधानको आधारमा मिटर रिडिङ भएको मितिले ६० औँ दिनसम्म पनि बक्यौता विद्युत महसुल भुक्तान नगर्ने उपभोक्ताको चरणबद्धरूपमा विद्युत लाइन काटी बक्यौता महसुल असुलउपर गर्ने रणनीति लिइएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए। 

कात्तिक २२, २०८० बुधबार १९:०२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।