मायादेवी मन्दिरमा साढे तीन महिनामै दानवापत ६४ लाख ७६ हजार संकलन
बुटवल ः मायादेवी मन्दिरमा राखिएका दानपेटिकाबाट ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको छ।
आर्थिक वर्ष २०८०-०८१ अन्तर्गत पहिलो पटक बुधबार सम्पन्न भएको दानपेटिका गणनाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ।
आन्तरीक तथा बाह्य पर्यटक बढ्न थालेसँगै चालु आर्थिक वर्ष २०८०-०८१ को साढे तीन महिनामा ६४ लाख ७६ हजार ९६० रुपैयाँ संकलन भएको कोषले जनाएको हो।
सोमबार लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितीमा दानपेटिका खोलिएको थियो।
सोमबार पहिलो दिन २३ लाख ६६ हजार ४२२, मंगलबार दोस्रो दिन २१ लाख ४९ हजार ५३८ र तेस्रो बुधबार तेस्रो दिन १९ लाख ६१ हजार रुपैयाँ संकलन भएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए।
मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको दानको आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको उनले बताए।
दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरि गणनाको व्यवस्था मिलाइएको थयो।
कात्तिक २२, २०८० बुधबार १८:३६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।