भूकम्प पीडितलाई सर्वोच्चका न्यायाधीशले ७ दिनको तलब दिने

भूकम्प पीडितलाई सर्वोच्चका न्यायाधीशले ७ दिनको तलब दिने
फाइल फोटो

काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत सर्वोच्च अदालतका न्यायाधीश तथा कर्मचारीहरुले भूकम्प पीडितलाई ७ दिनको तलब सहयोग गर्ने भएका छन्।

बुधबारको बसेको अदालतको पूर्ण बैठकले प्रधान्यायाधीश तथा न्यायाधीशहरुको ७ दिनको तलब भूकम्प पीडितको राहत, उपचार तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको हो। 

त्यस्तै, पूर्ण बैठकले उच्च अदालतका न्यायाधीशहरुबाट ५ दिन, जिल्ला अदालतका न्यायाधीशबाट ३ दिनको तलब प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

कात्तिक २२, २०८० बुधबार १७:५३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।