भूकम्पका घाइतेको उपचार गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री ज्वाला

भूकम्पका घाइतेको उपचार गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : मन्त्री ज्वाला
फाइल फोटो

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। 

विगत चार दिनदेखि भूकम्प प्रभावित क्षेत्र जाजरकोट, रुकुम पश्चिम र सल्यानमा रहेका मन्त्री ज्वालाले बुधबार घाइते र चिकित्सहरूसँग भेट गर्दै यस्तो बताएका हुन्। 

जटिल अवस्थाका बिरामीहरुलाई काठमाडौं लगायतका अस्पतालमा रिफर गर्न मन्त्री ज्वालाले निर्देशन समेत दिए।

‘केही बिरामीको अवस्था अझै गम्भीर छ, उहाँहरूको उपचार भेरी अस्पतालमा सम्भव नभए अर्को ठाउँमा पठाउनुपर्छ,’ मन्त्री ज्वालाले चिकित्सकहरूसँग कुरा गर्दै भने, ‘घाइतेहरूको उपचार गर्न सरकारले कुनै कसरत बाँकी राख्दैन, उपयुक्त अस्पतालमा रिफर गर्नुहोस्।’ 

चार दिनअघि भूकम्प प्रभावित क्षेत्रमा पुगेका मन्त्री ज्वालाले दुई जिल्लाका विपत् व्यवस्थापनको बैठकमा सहभागी भएका थिए।

मन्त्री ज्वालाको गृहजिल्ला सल्यानमा दुईजनाको ज्यान गएको छ भने सयौँ घर भत्किएका छन्। 

कात्तिक २२, २०८० बुधबार १७:४०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।