मध्यपहाडी लोकमार्गमा ‘झुलाघाट–चिवाभञ्ज्याङ’ समृद्धिका लागि संकल्प यात्रा गर्ने एमालेको निर्णय

मध्यपहाडी लोकमार्गमा ‘झुलाघाट–चिवाभञ्ज्याङ’ समृद्धिका लागि संकल्प यात्रा गर्ने एमालेको निर्णय

काठमाडौं : एमालेले आउँदो मंसिर १४ गतेदेखि तीन साता लामो मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर मध्यपहाडी लोकमार्ग पदयात्रा गर्ने निर्णय गरेको हो। 

पहाडको बिकासको समस्या पहिचान गरि समृद्धिलाई अघि बढाउने अभियानको मूख्य लक्ष्य भएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

त्यस्तै सामाजिक सद्भाव बढाउदै एकता कायम गर्ने र निराशाको खेती मौलाउने प्रवृतिलाई दूर गर्न अभियान केन्द्रीत हुने उनले बताए। 

कात्तिक २२, २०८० बुधबार १६:४६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।