भूकम्प पीडितको आवास निर्माणका लागि एक हजार स्वयंसेवक खटाउने एमालेको निर्णय

भूकम्प पीडितको आवास निर्माणका लागि एक हजार स्वयंसेवक खटाउने एमालेको निर्णय
फाइल फोटो

काठमाडौं : एमालेले जाजरकोट र रुकुम पश्चिका भूकम्प पीडितको आवास निर्माणका लागि एक हजार स्वयंसेवक खटाउने भएको छ।

बुधबार बसेको सचिवालय बैठकले भूकम्प पीडितका आवास निर्माणका लागि आगामी मंसिर १ गतेबाट एक हजार स्वयंसेवक खटाउने निर्णय गरेको हो। 

सचिवालय बैठकका निर्णय सुनाउँदै उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘एक हजार स्वयं सेवकहरु मंसिर एक गतेबाट खटिनुहुनेछ। हामी ५ हजार कार्यदिनभन्दा बढी हामी त्यहाँ खट्नेछौ’

स्वयंसेवक संयोजनको काम एमाले कर्णाली प्रदेशले गर्ने उनको भनाई थियो

कात्तिक २२, २०८० बुधबार १६:३५:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।