जाजरकोट भूकम्प पीडितका लागि चीनद्धारा थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण

जाजरकोट भूकम्प पीडितका लागि चीनद्धारा थप ३० करोड रुपैयाँको राहत सामग्री हस्तान्तरण

काठमाडौं : जाजरकोटकाे रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका पीडितको राहात, उद्धार तथा पुनःस्थापनाका लागि चीन सरकारले नेपाललाई थप ३० करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ। 

भूकम्प पीडितका लागि चीन सरकारले पठाएका राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले बुधबार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

राहत सामग्री बुझेपछि उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ सरकारलाई धन्यावाद दिँदै दुई देशबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रमाणित गरेको बताए। 

यस्तै राजदूत सङले पश्चिम नेपालको भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै नेपालको दुःखमा चीनले मलम उल्लेख गरे। 

गत शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्यागिनच्युडको भूकम्पले ठूलो मानवीय एवम भौतिक क्षति गरेको थियो। भूकम्पमा परी १४७ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए। 

कात्तिक २२, २०८० बुधबार १४:५०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।