नेपाल आइपुगे चिनीयाँ कम्युनिस्ट नेता वाङ

नेपाल आइपुगे चिनीयाँ कम्युनिस्ट नेता वाङ

काठमाडौं : चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ पाँच दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। 

नेता वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छिन्।

नेपाल मामिला हेर्ने निकायका अन्य पदाधिकारीसहित नेपाल आएका उनले बुधबारदेखि उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ। 

बिहीबार उनले प्रधानमन्त्री प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र सामान्य प्रशासन मन्त्री अनिता देवीसँग भेट गर्ने कार्यक्रम रहेको छ।

२५ गते उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेट गर्नेछन्। चीन भ्रमणको क्रममा १० असोजमा वाङसँग प्रधानमन्त्री प्रचण्डको टोलीको भेटवार्ता भएको थियो। 

कात्तिक २२, २०८० बुधबार १४:३२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।