एमाले सचिवालय बैठक च्यासलमा जारी

एमाले सचिवालय बैठक च्यासलमा जारी
फाइल फोटो

काठमाडौं : एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघिबाट बैठक सुरु भएको हो। 

बुधबारको बैठकमा एमालेले मंसिरमा गर्न लागेको बैतडीको झुलाघाट देखि पाँचथरको चियोभञ्ज्याङसम्म गर्ने यात्राको बारेमा निर्णय गर्नेछ।  

साथै बैठकले गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको क्षति, राहत तथा उद्धार लगायतका विषयमा पनि गर्ने जनाइएको छ। 

कात्तिक २२, २०८० बुधबार १४:१६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।