१९ वर्षमुनिको एसिया कपमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा
काठमाडौं : १९ वर्षमुनिको एसिया कपमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसिसी) ले यू-१९ एसिया कपको तालिका सार्वजनिक गरेको हो।
पाकिस्तानमा हुने भनिएको यू-१९ एसिया कप ८ देखि १८ डिसेम्बरसम्म अब युएईमा हुने भएको छ। भारत पाकिस्तान जान नमानेपछि खेल युएईमा सारिएको हो।
समूह ‘ए’ मा नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत हुँदा समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, युएई र जापान छन्।
नेपालले पहिलो खेल ८ डिसेम्बरमा पाकिस्तानसँग आईसीसी एकेडेमी ओभल २ मा खेल्नेछ।
दोस्रो खेल १० डिसेम्बरमा अफगानिस्तानसँग र समूह चरणको अन्तिम खेल १२ डिसेम्बरमा भारतसँग खेल्नेछ। सेमिफाइनल १५ डिसेम्बरमा हुँदा फाइनल १७ डिसेम्बरमा हुनेछ।
नेपालले तीन साताअघि मलेसियामा सम्पन्न एसिसी यू१९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो।
नेपाल विजेता, युएई उपविजेता र जापान तेस्रो स्थानमा रहँदै प्रिमियर कपमा शीर्ष तीनमा रहँदै एसिया कपमा स्थान बनाएका हुन्।
गत सेप्टेम्बरमा नेपालको सिनियर टोलीले पनि एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो।
यू-१९ एसिया कप २०२४ जवनरीमा श्रीलंकामा हुने यू१९ विश्वकप अघिको तयारी हो। उक्त यू-१९ विश्वकपमा नेपाल, न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान एकै समूहमा छन्।
यू-१९ विश्वकपमा नेपालले १३ जवनरीमा न्युजिल्यान्ड, १७ जनवरीमा पाकिस्तान र जनवरी २० मा नेपालले अफगानिस्तानसँग खेल्नेछ।
कात्तिक २२, २०८० बुधबार १३:५०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।