भूकम्प पीडितको राहत तथा उद्धारका लागि सूर्य नेपालको १ करोड ४० लाख सहयोग

भूकम्प पीडितको राहत तथा उद्धारका लागि सूर्य नेपालको १ करोड ४० लाख सहयोग

काठमाडौं :  सूर्य नेपाल प्रा.लि.ले आफ्नो व्यवसायिक सामाजिक दायित्व अन्तर्गत भूकम्पका कारण जाजरकोट, रुकुममा आएको भूकम्पपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ।

रु.१ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहात कोषमा जम्मा हुने गरी कम्पनीका प्रबन्ध निर्देशक रवि रायवरम, उपाध्यक्ष रवि केसी, विकास भुत्रा, दिप्रा लाहिरी र वित्त प्रवन्धक प्रेम अर्यालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको हो।

कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरू जाजरकोट पठाइसकेको छ भने ५ लाख रुपैयाँ बराबरको औषधि वीर अस्पतालको प्रभावित क्षेत्र तर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको छ।

कात्तिक २२, २०८० बुधबार १३:२७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।