पोखरामा एटीएम मेसिन तोडफोडको अभियोगमा भारतीय नागरिक पक्राउ

पोखरामा एटीएम मेसिन तोडफोडको अभियोगमा भारतीय नागरिक पक्राउ

कास्की : जिल्लाको पोखरा महानगरपालिका-८ सभागृह हल अगाडि रहेको नबिल बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा भारत बिहार घर भई हाल पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २० वर्षीय रवि ठाकुर पसी रहेका छन्। उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो।

पसीले एटिएम मेसिनको पैसा निस्कने ठाउँ र बक्सको बाहिरी लकमा फलामको रड छिराई क्षति पुर्याएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सोही सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट सभागृहबाट खटिएको प्रहरीले एटिएम बुथ नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

उनको साथबाट पेचकस १  थान, रड १ थान र कैँची १ थान बरामद भएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक २२, २०८० बुधबार १२:४८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।