बुधबार पनि घट्यो सुनचाँदीको मूल्य

बुधबार पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको चौथो दिन बुधबार पनि सुनचाँदीको भाउ घटेको छ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घट्दा चाँदी तोलामा २० रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुन तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य तोलाको १ लाख १४ हजार १५० रुपैयाँ तोकिएको छ।

महासंघका अनुसार चाँदीको मूल्य बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको छ।

मंगलबार पनि सुनचाँदीको मूल्य घटेको थियो।

कात्तिक २२, २०८० बुधबार १०:५६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।