इजरायल-गाजा युद्धलाई लिएर टर्कीको संसदमा कोका-कोला र नेस्लेमाथि प्रतिबन्ध

इजरायल-गाजा युद्धलाई लिएर टर्कीको संसदमा कोका-कोला र नेस्लेमाथि प्रतिबन्ध

एजेन्सी : टर्की संसदका सभामुखले ‘इजरायली आक्रमण’लाई समर्थन गर्ने उत्पादनहरू अब संसदमा प्रयोग नगर्ने बताएका छन्।

समाचार संस्था टीआरटीका अनुसार मंगलबार देशको उत्तरी क्षेत्रमा नोमान कुर्तुलमस ओर्डु प्रान्तमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले भने, ‘टीबीएमएम(टर्की ग्रान्ड नेशनल असेंबली)ले इजरायलको आक्रमणलाई समर्थन गर्ने ती कम्पनीहरूको कुनै पनि उत्पादनहरू प्रयोग गर्दैन।’

यद्यपि पहिलेदेखि नै खरिद भएका सामानहरू भने नफ्याँक्ने उनकाे भनाइ छ।

‘हामी अबदेखि ती कम्पनीका सामानहरू प्रयोग गर्दैनौँ,’ उनले भने, ‘यद्यपि पहिले नै किनेका चीजहरू फ्याँक्नुहोस् जान मिल्दैन।’

यद्यपि कुर्टुलमसले ती कम्पनीहरूको सीधै नाम भनले लिएनन्। तर समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार टर्की संसदले कोका-कोला र नेस्लेमाथिको प्रतिबन्धलाई अनुमोदन गरेको छ भने उत्पादन बहिष्कार गरिएको छ।

एक स्रोतले रोयटर्सलाई दिएको जानकारी अनुसार संसदको रेस्टुरेन्टको मेनुबाट कोका-कोला र नेस्लेको कफी गरी दुई वटा उत्पादन हटाइएको छ।

तर, सभामुखले यी दुई कम्पनीले कसरी इजरायली आक्रमणलाई समर्थन गरे भनेर चाहिँ स्पष्ट पारेका छैनन्।

कात्तिक २२, २०८० बुधबार १०:३२:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।