लघुवित्तको पुँजी वृद्धि गर्न तीनदेखि पाँच वर्षको समयसीमा दिन सुझाव

लघुवित्तको पुँजी वृद्धि गर्न तीनदेखि पाँच वर्षको समयसीमा दिन सुझाव

काठमाडौं : नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूको पूँजी कोष १५ प्रतिशत कायम गर्ने भएको छ।

केन्द्रीय बैंकले ‘लघुवित्त वित्तीय संस्थाहरूको समस्या र समाधान’ प्रतिवेदन सार्वजनिक गर्दै सोहीअनुसारको कार्यविधि बनाएर पूँजी कोष अनुपात थप गर्ने भएको हो।

गतवर्ष लघुवित्त वित्तीय संस्थाविरुद्ध काठमाडौंको माइतीघरमा लघुवित्त पीडितले आन्दोलन गरेपछि राष्ट्र बैंकले समस्या र समाधान गर्न भन्दै समिति बनाएको थियो।

गत वर्ष अर्थ मन्त्रालय, राष्ट्र बैंक, लघुवित्त बैंकर्स र विज्ञहरू सहितको समिति गठन भई लघुवित्त वित्तीय क्षेत्रमा भएको समस्या समाधानका लागि उपायहरूको खोजी गरिएको थियो।

सरकारले चालू आर्थिक वर्षको बजेट र राष्ट्र बैंकले मौद्धिक नीतिमा सोही समितिको अध्ययन प्रतिवेदनले औल्याएका विषयलाई कार्यान्वयन गरी लघुवित्त क्षेत्रका समस्या समाधान गर्ने उल्लेख गरेको छ।

निष्कर्ष समितिले अन्तराष्ट्रिय अभ्यास तथा वित्तीय क्षेत्र जोखिमको अवस्था हेर्दा पूँजीकोष अनुपात चरणवद्ध रूपमा बढाई १५ प्रतिशत पुर्याउने सुझाव दिएको छ।

लघुवित्त क्षेत्रलाई विस्तारै समायोजनको लागि समय दिन पूँजीकोष वृद्धि गर्न आगामी ३ देखि ५ वर्षको समय सीमा दिनुपर्ने र २०८२ असारमा १० प्रतिशत, २०८३ असारमा १२ प्रतिशत, २०८४ असारमा १३ प्रतिशत र २०८५ असारसम्म १५ प्रतिशत कायम गर्न सुझाव दिएको छ।

कात्तिक २२, २०८० बुधबार १०:०६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।