यी स्थानमा सामान्य वर्षा र हल्का हिमपातको सम्भावना

यी स्थानमा सामान्य वर्षा र हल्का हिमपातको सम्भावना

काठमाडौं : देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भागको मौसम अहिले सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

राति भने देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।

कोशी  प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

कात्तिक २२, २०८० बुधबार ०७:०८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।