इजरायल-हमास युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै, अमेरिकाले खसाल्यो इराकमा ड्रोन

इजरायल-हमास युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै, अमेरिकाले खसाल्यो इराकमा ड्रोन
तस्वीर– रोयटर्स

मंगलबारएजेन्सी : इजरायल-हमासबीच जारी युद्धका कारण मध्यपूर्वमा तनाव बढ्दै गइरहेको छ। इराक र सिरियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा धेरै हमला भएकाे एजेन्सीले जनाएकाे छ।

मंगलबारउत्तरी इराकको इरबिल विमानस्थलमा मंगलबार तीनवटा ड्रोन खसालिएका छन्। यहाँ अमेरिकी सैनिक र अन्तर्राष्ट्रिय सैनिकहरू तैनाथ रहेकाे बताइएकाे छ।

अल मायादीन न्युज नेटवर्कले सिरियाको अल-खदर क्षेत्रमा रहेको अमेरिकी सैन्य शिविरमा आत्मघाती ड्रोन हमला गरिएको दाबी गरेको छ।

हालसम्म कुनै समूह वा व्यक्तिले यस आक्रमणको जिम्मेवारी लिएको छैन। यद्यपि, इराक र सिरियामा अमेरिकी लक्ष्यहरूमा यसअघि भएका आक्रमणहरूको जिम्मेवारी इराकमा इस्लामिक प्रतिरोधले लिएको थियो।

रोयटर्सका अनुसार इराकमा इस्लामिक प्रतिरोध समूहले एर्बिल एअरपोर्टबाट ७० किलोमिटर टाढा रहेको अल हरिर सैन्य आधार शिविरमा भएको आक्रमणको जिम्मेवारी लिएको एक विज्ञप्ति जारी गरेको छ।

कात्तिक २१, २०८० मंगलबार २२:०२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।