राष्ट्रपति पौडेल सवार हेलिकप्टरमार्फत भूकम्पका घाइतेलाई उद्धार गरि काठमाडौं ल्याइयो

राष्ट्रपति पौडेल सवार हेलिकप्टरमार्फत भूकम्पका घाइतेलाई उद्धार गरि काठमाडौं ल्याइयो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौंडेलले चढेर भूकम्प प्रभावित क्षेत्र पुगेको हेलिकप्टरमा भूकम्पका घाइतेको उद्धार गरि काठमाडौं ल्याइएको छ।

पौडेल सवार हेलिकप्टरले भूकम्पमा परी  घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि सुर्खेतबाट हुँदै काठमाडौं ल्याइएको हो।

राष्ट्रपति पौडेल रुकुम पश्चिम र जाजरकोटमा पुगेर भूकम्प प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडौं फर्किएका छन्। 

यसअघि उनले घाइतेहरुलाई अस्पतालमै भेटेर सरकार साथमा रहेको भन्दै नआत्तिन सुझाव दिएका थिए।

यसैगरी भेरी–३ स्थित थाप्लेमा भूकम्पबाट भत्किएको संरचना अवलोकन गरेका राष्ट्रपति पौडेलले तत्काल पुनःनिर्माणको कामलाई तीव्रता दिइने आश्वासन दिएका थिए। 

कात्तिक २१, २०८० मंगलबार २१:१६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।