जाजरकोट भूकम्पपीडितलाई चीनद्वारा थप २८ करोड सहयोगको घोषणा

जाजरकोट भूकम्पपीडितलाई चीनद्वारा थप २८ करोड सहयोगको घोषणा
फाइल फोटो

काठमाडौं : जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि चीनले थप सहयोग घोषणा गरेको छ।

काठमाडौंस्थित चिनियाँ दूतावासले करिब २८ करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी दिएको हो।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उक्त सहयोगको घोषणा गरेका छन्।

यसअघि चीनले भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री दिएको थियो।

उक्त राहत सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको चिनियाँ दूतावासले जनाएको छ।

गत शुक्रबार राति ११ः४७ मा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।

कात्तिक २१, २०८० मंगलबार २०:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।