एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन उडे

एकीकृत समाजवादीका अध्यक्ष नेपाल चीन उडे
फाइल फोटो

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चीन भ्रमणका लागि उडेका छन्। 

बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनाबाट प्राप्त उपलब्धि साझेदारीसम्बन्धी कार्यक्रममा सहभागि हुन १५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उनी त्यसतर्फ गएका हुन्।

चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागको निमन्त्रणामा गरिएको भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग नेपाल र चीन तथा दुई पार्टीबीचको सम्बन्धका बारेमा छलफल जनाइएको छ।

कात्तिक २१, २०८० मंगलबार २०:१४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।