विश्वकप क्रिकेट : अफगानिस्तानले अस्ट्रेलियालाई दियो २ सय ९२ रनको लक्ष्य

विश्वकप क्रिकेट : अफगानिस्तानले अस्ट्रेलियालाई दियो २ सय ९२ रनको लक्ष्य

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले अस्ट्रेलियालाई २ सय ९२ रनको लक्ष्य दिएको छ।

मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २ सय ९१ रन बनायो।

उसका लागि इब्राइम जद्रानले शतक ठाेके। उनी एकदिवसीय विश्वकपमा अफगानिस्तानबाट शतक बनाउने पहिलो खेलाडी पनि बने।जद्रान १ सय ४३ बलमा १ सय २३ रनमा नटआउट रहे।

यस्तै रशिद खानले १८ बलमा नट आउट ३५ रन बनाए। बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवूडले २ विकेट लिए।

अस्ट्रेलिया र अफगानिस्तान दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ। अस्ट्रेलिया ७ खेलमा १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। अफगानिस्तान उति नै खेलमा ८ अङ्कसहित छैटौँ स्थानमा छ।

कात्तिक २१, २०८० मंगलबार १८:४९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।