वर्तमान व्यवस्थालाई अघि बढाउन १२ बुँदे सम्झौताका पक्षधर एकताबद्ध हुनुपर्छ : माधव नेपाल

वर्तमान व्यवस्थालाई अघि बढाउन १२ बुँदे सम्झौताका पक्षधर एकताबद्ध हुनुपर्छ : माधव नेपाल
फाइल फोटो

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १२ बुँदे सम्झौताका पक्षधरहरु एकतावद्ध भएमात्रै वर्तमान व्यवस्थालाई अघि बढाउन सकिने बताएका छन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारण राख्ने क्रममा पुर्व प्रधानमन्त्री समेत रहेका नेपालले गठबन्धनमा खटपटको कुरा गर्ने बेला नभएकमो बताएका हुन्।

उनले भने, ‘अहिले गठबन्धनमा खटपटको कुरा गर्ने बेला होइन, यो सरकारले अहिले गरिरहेका राम्रा कामलाई अझै बढाउन सकोस् भन्ने कुरामा हाम्रो ध्यान जानुपर्छ’

समस्या र जनताका चाहानाका साथै यो व्यवस्थालाई बलियो बनाउने बारेमा १२ बुँदे विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका पार्टीहरू एकै ठाउँमा दृढताका साथ उभिनुपर्नेमा उनको जोड थियो। 

कात्तिक २१, २०८० मंगलबार १८:३९:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।