भूकम्प पीडितका लागि सानिमा बैँकले २५ लाख रुपैयाँ सहयोग गर्ने

भूकम्प पीडितका लागि सानिमा  बैँकले २५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं : शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भई गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट प्रभावित भएकाहरूको उद्धार तथा पुनःस्थापनाका लागि सानिमा बैँकले २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ। 

विपद्को यस दुखद घडीमा खोज, उद्धार र राहतका लागि उक्त क्षेत्रमा सहायता पुग्ने गरी बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरिएको प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए। 

बैंकले भूकम्पका कारण मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। 

कात्तिक २१, २०८० मंगलबार १६:५०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।