पाटन अस्पतालका चिकित्सकले ठप्प पारे आकस्मिकबाहेकका सेवा

पाटन अस्पतालका चिकित्सकले ठप्प पारे आकस्मिकबाहेकका सेवा
फाइल फोटो

काठमाडौं : पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्।

औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै शनिबार आफन्तले हातपात गरेपछि आन्दोलित आवासीय चिकित्सकले अस्पतालको सेवा ठप्प पारेका हुन्।

गत शनिबार पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको थियो।

त्यसपछि आक्रोशित आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गरेका थिए।

शनिबार दिउँसो पाटन अस्पतालमा भर्ना भएका बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएको पाँच मिनेट भित्रै उनीहरुको मृत्यु भएको थियो।

कार्यस्थलमा काम गर्ने वातारण सुरक्षित नभए र हातपात गर्नेलाई पकाउ नगरेसम्म आकस्मिक बाहेक सेवा बन्द गर्ने स्वास्थ्यकर्मीले बताएका छन्।

कात्तिक २१, २०८० मंगलबार १६:१०:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।