भारतसँग लज्जास्पद पराजयपछि बर्खास्त भएको श्रीलंकाली क्रिकेट बोर्ड अदालतद्वारा पुनःस्थापित

भारतसँग लज्जास्पद पराजयपछि बर्खास्त भएको श्रीलंकाली क्रिकेट बोर्ड अदालतद्वारा पुनःस्थापित

एजेन्सी : विश्वकप प्रतियोगितामा भारतसँग लज्जास्पद पराजयपछि क्रिकेट बोर्ड बर्खास्त गर्ने खेलमन्त्रीको निर्णयलाई श्रीलंकाको पुनरावेदन अदालतले मंगलबार खारेज गरिदिएको छ। 

साथै अदालतले पूरा सुनुवाइ नभएसम्म निष्कासित अधिकारीहरूलाई पुनरबहाली गरेको छ।

सोमबार श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र एउटा अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै बोर्डका अध्यक्ष शम्मी सिल्भाले दायर गरेको निवेदनलाई अदालतले स्वीकार गरेको हो। 

‘अदालतले मुद्दाको पुनः सुनुवाइ नगरेसम्म बोर्डको पुनःस्थापना दुई साताका लागि हो’, अदालतका एक अधिकारले भने।

अदालतले पूर्वकप्तान अर्जुना रणतुंगाको अध्यक्षताको अन्तरिम समितिलाई कार्यालयमा निरन्तरता दिन रोक लगाउने आदेश प्राप्त गरेपछि सिल्भा काममा फर्किने बोर्डका अधिकारीहरूले बताएका छन्। 

सरकारले बोर्डका ‘थाँती मुद्दाहरू’ सम्बोधन गर्न एउटा क्याबिनेट समिति पनि नियुक्त गरेको छ।

कात्तिक २१, २०८० मंगलबार १५:००:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।