१० जना नेपाली विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिए

१० जना नेपाली विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिए

काठमाडौं : नेपालका १० जना विद्यार्थीले कोभेन्ट्री युनिभर्सिटीमा बेलायती शिक्षाको अनुभव लिएका छन्।

सफ्टवारिका कलेज अफ आईटी एन्ड ई-कमर्सले कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा आयोजना गरेको कोभेन्ट्री इमर्सन कार्यक्रममा उक्त संख्यामा नेपाली विद्यार्थी सहभागी भएका हुन्।

यस वार्षिक कार्यक्रमले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा प्रणालीसँग प्रत्यक्ष अनुभव गर्ने र बेलायतको संस्कृतिमा डुब्न सुनौलो अवसर प्रदान गरेको कलेजले जनाएको छ।

कलेजका अनुसार विद्यार्थीहरूले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्नुका साथै विभिन्न गतिविधिमा सहभागी भए।

भ्रमणका क्रममा विद्यार्थीहरूले समृद्ध सांस्कृतिक विविधता हेर्ने र विभिन्न आकर्षक पर्यटकीय ठाउँहरु जस्तै -लन्डनका रोचक शहरहरु र स्कटल्याण्डको प्राकृतिक सौन्दर्यले भरिएको स्थानहरु घुम्ने मौका पाएका थिए।

सफ्टवारिका कलेजका क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थीहरूलाई यस्तो विश्वव्यापी प्रदर्शन दिने कार्यक्रम उनीहरुको वृद्धि विकासका लागि निकै महत्वपूर्ण रहेको बताए।

कलेजका अनुसार उनीहरूले भ्रमणको समयमा विद्यार्थीलाई हवाई भाडा र आवास खर्च उपलब्ध गराएका थिए।

कात्तिक २१, २०८० मंगलबार १४:०५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।