भीजी फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

भीजी फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने

काठमाडौं : विशाल ग्रुप फाउन्डेशनले भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ।

शुक्रबारको मध्यरातमा पश्चिमको नेपालको जाजरकोट तथा रुकुममा गएको विनाशकारी भूकम्पले ठूलो मानवीय र संरचनागत क्षति भएको थियो।

कम्पनीले भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरूप्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ।

कम्पनीले घाइतेहरू सम्पूर्णको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै फाउन्डेशनले प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख प्रदान गर्ने भएको हो।

कात्तिक २१, २०८० मंगलबार ११:५२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।