क्यानले २२ महिला क्रिकेटरलाई बन्द प्रशिक्षणमा बाेलायो

क्यानले २२ महिला क्रिकेटरलाई बन्द प्रशिक्षणमा बाेलायो

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा एक सातापछि हुने चार देश सम्मिलित महिला टि२० आई सिरिजको लागि २२ सदस्य टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

प्रतियोगिता नोभेम्बर १५ देखि १९ सम्म हङहङमा हुँदैछ। सिरिजमा नेपाल, युएई, हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

नेपालले बागमती प्रदेशबाट घरेलु क्रिकेटमा राम्रो प्रभाव छाडेकी युवा तीव्र गतिकी बलर सोनी पाख्रिनलाई बन्द प्रशिक्षणमा बोलाएको छ। अन्य भने पुरानै नाम रहेका छन्।

नेपालका दुई अनुभवी खेलाडी रुविना क्षेत्री र सीता रानामगरले त्यसअघि हङकङको घरेलु प्रतियोगिता वुमन्स अल स्टार्स टि२० सिरिज पनि खेल्नेछन्।

दुई टोलीबीच हुने उक्त सिरिज नोभेम्बर १० देखि सुरू हुनेछ।

बन्द प्रशिक्षणमा बोलाएको टोली:
रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, संगिता राई, ज्योति पाण्डे, पुजा महतो, रोमा थापा, ईश्वरी विष्ट, सम्झना खड्का, रुवि पोदार, सबनम राई, अश्मिना कर्माचार्य, खुसी डंगोल, कृतिका मरासिनी, कन्चन श्रेष्ठ, सोनी पाख्रिन, सोमु विष्ट, अप्सरी बेगम, काजोल श्रेष्ठ, मनिषा चौधरी र कविता जोशी।

कात्तिक २१, २०८० मंगलबार ११:३८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।