रुबिना र सीताले हङकङको वुमन्स अल स्टार्स’ खेल्ने
काठमाडौं : नेपालका दुई महिला राष्ट्रिय क्रिकेटरले हङकङको फ्रेन्चाइज लिग खेल्ने भएका छन्।
रुबिना क्षेत्री र सीता रानामगरले हङकङमा हुने फ्रेन्चाइज लिग क्रिकेट ‘वुमन्स अल स्टार्स’ खेल्ने भएका हुन्।
आगामी १० नोभेम्बरमा सुरू हुने वुमन्स अल स्टार्स प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
यी दुवै महिला क्रिकेटर नेपालका सिनियर खेलाडी हुन्। दुवै अलराउन्डर हुन्।
कात्तिक २१, २०८० मंगलबार ११:३४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।