घट्यो सुनचाँदीको मूल्य

काठमाडौं : साताको तेस्रो दिन सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा चार सय रुपैयाँ घट्दा चाँदीमा १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अुनसार मंगलबार छापावाल सुनको मूल्य १ लाख १५ हजार रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य १ लाख १५ हजार ४ सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य मंगलबार १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ।
यस्तै चाँदीको मूल्य सोमबार १ हजार ४१५ रुपैयाँमा कारोबार हुँदा मंगलबार १ हजार ४०५ रुपैयाँ कायम भएको छ।
कात्तिक २१, २०८० मंगलबार ११:२७:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।