भूकम्पपीडितका लागि एकीकृत समाजवादीको २५ लाख सहयोग

भूकम्पपीडितका लागि एकीकृत समाजवादीको २५ लाख सहयोग

काठमाडौं : जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि एकीकृत समाजवादीले २५ लाख रुपैयाँ सहयोग गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरूले २५ लाखको चेक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे।

उनीहरूले दिएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेछ।

चेक हस्तान्तरणमा देउवासहित नेताहरू घनश्याम भुसाल, राजेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे लगायतका नेताहरू सहभागी थिए।

गत शुक्रबार गएको भूकम्पमा कारण अहिलेसम्म १५३ जनाको मृत्यु भइसकेको छ।

कात्तिक २१, २०८० मंगलबार १०:३२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।