निफ्राको लाभांश घोषणा

निफ्राको लाभांश घोषणा

काठमाडौं : नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले लाभांश घोषणा गरेको छ।

कम्पनीको कार्तिक २० गते सोमबार बसेको संचालक समितिको बैठकले आ.व. २०७९/८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको ४.२१०५ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोडको ४.२१०५ले हुने ९० करोड ९४ लाख ६८ हजार रुपैंया नगद लाभांश (लाभांस कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव गरेको हो।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुनेछ।

कात्तिक २१, २०८० मंगलबार १०:१९:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।