तीन चार्टर्ड उडानबाट नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान, २२५ भित्रँदा ३२८ बाहिरिए

तीन चार्टर्ड उडानबाट नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान, २२५ भित्रँदा ३२८ बाहिरिए

काठमाडौं : रुप्से होलिडेज्ले तीनवटा चार्टर्ड उडानमार्फत नेपाल र भियतनामबीच पर्यटक आदानप्रदान गरेको छ।

अक्टोबर २१, २५ र २९ मा हिमालय एअरलाइन्सको एअरबस ३२० जहाज चार्टर्ड गरेर कम्पनीले काठमाडौंबाट भियतनामको हनोई सम्म सोझो उडान गरेको हो।

यी तीन चार्टर्ड उडान मार्फत भियतनाम बाट २२५ भन्दा बढी पर्यटक नेपाल भित्रिए भने ३२८ भन्दा बढी नेपाली पर्यटकले भियतनामको भ्रमण अवलोकन गरे।

नेपाल र भियतनामबीच यति धेरै संख्यामा पर्यटकको आदान प्रदान भएको यो पहिलो पटक हो।

एक लाख २० हजार रूपैयाँ खर्चिएर नेपाली पयर्टकले भियतनामको हनोईको पाँच दिने भ्रमण गरे भने भियतनामबाट आएका पर्यटकले काठमाडौं, पोखरा, लुम्बिनी र सौराहाको घुमघाम गरे।

आगामी डिसेम्बरमा नेपाली पर्यटकले ९९ हजार ९ सय उनान्सय रूपैयाँमा भियतनाम घुम्न पाउनेछन्। यसमा दुईतर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेज समेत समेटिएको छ।

कात्तिक २१, २०८० मंगलबार ०९:०४:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।