क्रिकेट इतिहासमै पहिलोपटक म्याथ्युज टाइम आउट भएपछि बोले फोर्थ अम्पाएर एड्रिएन

क्रिकेट इतिहासमै पहिलोपटक म्याथ्युज टाइम आउट भएपछि बोले फोर्थ अम्पाएर एड्रिएन

काठमाडौं : भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा बंगलादेश र श्रीलंकाबीचको खेल एन्जेलो म्याथ्युजको टाइम आउट भएपछि चर्चामा छ।

म्याथ्युज क्रिकेट इतिहासमै पहिलो टाइम आउट हुने खेलाडी हुन्। यसअघि टेस्ट, एकदिवसीय, फर्स्ट क्लास र टी-२० क्रिकेटमा कुनै पनि खेलाडी टाइम आउट भएका थिएनन्।

यसैबीच फोर्थ अम्पायरले यसबारे स्पष्ट पारेका छन्।

फोर्थ अम्पाएर एड्रियन होल्डस्टकले एन्जेलो म्याथ्युज निर्धारित समयभित्र बल खेल्न तयार नभएकाले नियमअनुसार आउट भएको स्पष्ट पारेका हुन्।

विकेट खस्दा टिभी अम्पायरले दुई मिनेट मनिटर गर्ने र त्यसपछि मैदानका अम्पायरहरूलाई सन्देश पठाउने गरेको उनले बताए।

म्याथ्युजकाे केसमा हेल्मेटको स्ट्र्यापमा समस्या भएका कारण उनले दुई मिनेटभित्र ब्याटिङ गर्न नसकेकाे बताए।

प्लेइङ कन्डिसनको नियमअनुसार फिल्डिङ कप्तानले अम्पायरसँग टाइम आउटका लागि अपील गर्न सक्ने नियामानुसार म्याथ्युज टाइम आउट भएको उनले स्पष्ट पारे।

फोर्थ अम्पायरले मैदान प्रवेश गर्नुअघि ब्याट्सम्यानको सामान राम्रोसँग जाँच्ने जिम्मेवारी रहेको बताए।

उनले प्राविधिक रूपमा खेलाडीले खेल्नको लागि ५० सेकेन्डभित्रै बल पुग्नुपर्ने बताए।

आईसीसीको नियमअनुसार कुनै पनि खेलाडी आउट भएको दुई मिनेटभित्र अर्को खेलाडीले अर्को बल खेलिसक्नुपर्ने हुन्छ।

कात्तिक २१, २०८० मंगलबार ०७:२५:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।