यसपाली भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा

यसपाली भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले २०८० को तिहारको शुभसाइत सार्वजनिक गरेको छ।

समितिका अनुसार कात्तिक २९ गते परेको भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको छ।

यसैगरी, कात्तिक २४ गते शुक्रबारका दिन यमदीपदान अर्थात् धन त्रयोदशी (धन्तेरस) परेको समितिले जनाएको छ।

यस दिन सुन चाँदी जस्ता धातुका वस्तु खरिद गर्नु एकदमै उत्तम मानिन्छ।

यस्तै, कात्तिक २५ गते काग तिहार परेको छ भने २६ गते कुकुर तिहारसँगै लक्ष्मीपूजा पनि परेको छ।

यसैगरी कात्तिक २७ गते सोमबार गाई तिहार रहेको छ।

२८ गते गोवर्द्धन पूजा र म्हपूजा परेको छ भने सोही दिनबाट नेपाल सम्वत् ११४४ प्रारम्भ हुनेछ।

कात्तिक २१, २०८० मंगलबार ०७:०६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।