क्रिकेट इतिहासमै पहिलोपटक टाइमआउट भए श्रीलंकाली खेलाडी म्याथ्यूज

क्रिकेट इतिहासमै पहिलोपटक टाइमआउट भए श्रीलंकाली खेलाडी म्याथ्यूज

एजेन्सी : श्रीलंकाका अनुभवी ब्याटर एन्जिलो म्याथ्यूज क्रिकेट इतिहासमा टाइम आउट हुने पहिलो खेलाडी बनेका छन्।

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप २०२३ मा बंगलादेशविरुद्ध क्रिजमा समयमै ब्याटिङ गर्न नआएपछि उनी टाइम आउट भएका हुन्।

कप्तान सकिब अल हसनले सदिरा समाराविक्रमालाई ४१ रनमा क्याच आउट गराए। तर अर्को बलमा म्याथ्युज टाइम आउट भए।

उनी ब्याटिङ गर्न मैदान आएका थिए। म्याथ्युज क्रिजमा आए पनि हेल्मेट परिवर्तन गर्न थप समय लगाएपछि बंगलादेशका कप्तान सकिब अल हसनले टाइम आउट अपिल गरेका थिए।

हेल्मेटमा समय बढी लगाएपछि उनी टाइम आउट भएका हुन्। क्रिकेट इतिहासमा यसरी आउट हुने पहिलो खेलाडी बनेका छन्।

नियम अनुसार कुनै पनि खेलाडी ब्याटिङ गर्न तीन मिनेटभित्रमा आइसक्नुपर्छ। यस विश्वकपको नियम अनुसार दुई मिनेट भित्र ब्याटिङ गर्न आइसकेको हुनुपर्छ।

उनी सदिरा आउट भएपछि अर्को बल सामना गर्न दुई मिनेट भित्रमा तयार भइसकेको हुनुपर्ने थियो।

म्याथ्यूज दुई मिनेट नपुग्दै मैदान आएका थिए। तर, पहिला आफूले लिएको हेल्मेटमा केहि समस्या भएपछि उनले ड्रेसिङ रुमबाट पुन: हेल्मेट मगाएका थिए।

पुन: हेल्मेट मगाउँदा दुई मिनेट भन्दा बढी समय लागेको थियो। त्यसैको कारण म्याथ्यूज बल सामना तयार भएका थिएनन्। तर, उनले दुई मिनेट भन्दा बढी समय लगाएका थिए।

म्याथ्यूजले बंगलादेशका कप्तानलाई हेल्मेट समस्या देखाएका थिए। तर, बंगलादेशको टोलीको अपिलपछि उनी नियम अनुसार आउट हुन पुगे।

कात्तिक २०, २०८० सोमबार २०:५३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।