राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमण स्थगित गरेका छन्।

कात्तिका २२ गते राष्ट्रपति पौडेल फ्रान्स, जर्मनी र इटालीको भ्रमणका लागि जाने कार्यतालिका थियो।

मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिको भ्रमण स्वीकृत गरिसकेको थियो।

राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

जाजरकोट केन्द्र भएर गत शुक्रबार भूकम्प गएको र ठूलो जनधनको क्षति भएको बेला विदेश भ्रमणमा जान लागेपछि उनको आलोचना भइरहेको थियो।

कात्तिक २०, २०८० सोमबार १८:५२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।