जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प

जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प

काठमाडौं : जाजरकोटमा पुन: भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५.८ रेक्टर स्केलको परकम्प गएको हो।

भूकम्प सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा गएको हो।

यसअघि शुक्रबार राति रामीडाँडा नै केन्द्रबिन्दु भएर ६.४ रेक्टरको भूकम्प जाँदा गएको थियो।

भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन्।

यस्तै सोही भूकम्पले ३ हजार ८ सय भन्दा बढी घरमा क्षति पुगेका छन्।

कात्तिक २०, २०८० सोमबार १७:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।