खुद्रा व्यापारीलाई १० किलो सरकारी चिनी, मूल्य किलोको एक सय १५
काठमाडौँ : बजारमा चिनीको चरम अभाव भएपछि सरकारले साल्ट ट्रेडिङले खुद्रा व्यापारीहरूलाई १० बोरासम्म चिनी उपलब्ध गराउने भएको छ। तर सो चिनी प्रतिकिलो एक सय ३५ मा विक्री गर्नुपर्ने छ।
साल्ट ट्रेडिङले आफूसँग भएको चीनी आफ्नो विक्री केन्द्रबाट मात्र विक्री गर्दै आएकोमा मन्त्रिपरिषद्को निर्णय अनुसार सबै खुद्रा विक्रेतालाई दिन लागेको हो।
दशैँदेखि नै बजारमा चिनीको अभाव छ। कालोबजारी चलिरहेको छ। सरकारले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो। सुरक्षाकर्मी परिचालन गरेर तस्करीका लागि लुकाइएका चीनी समेत बरामद भएको थियो।
चिनी लिएर तोकिएको मूल्यभन्दा धेरै रकम लिएमा कालोबजारीमा कारबाही हुने सरकारले जनाएको छ। खुद्रा व्यापारीहरूले साल्ट ट्रेडिङको कालीमाटी शाखा र कोटेश्वर शाखाबाट चिनी किन्न सक्नेछन्।
कात्तिक २०, २०८० सोमबार १५:३९:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।