भूकम्प पीडितका लागि खर्च गर्न भाटभटेनीले दियो एक करोड ११ लाख

भूकम्प पीडितका लागि खर्च गर्न भाटभटेनीले दियो एक करोड ११ लाख

काठमाडौँ : जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गर्ने राहत तथा पुनर्स्थापनामा खर्च गर्ने गरी भाटभटेनी सुपरमार्केटले १ करोड ११ लाख १ सय ११ रूपैयाँ आर्थिक सहयोग गरेको छ।

भाटभटेनीले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दिएको हो। भाटभटेनीद्वारा जारी विज्ञप्तिमा भूकम्प प्रभावितलाई राहतको लागि यथाशक्य सहयोग गर्ने उद्देश्यका साथ कोषमा रकम उपलब्ध गराइएको उल्लेख छ।

भाटभटेनीका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए।

कात्तिक २०, २०८० सोमबार १५:२४:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।