राष्ट्रपति पौडेलको युरोप भ्रमण रोकियो

राष्ट्रपति पौडेलको युरोप भ्रमण रोकियो

काठमाडौँ : सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ।

जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्पबाट नागरिक पीडा भएको बेलामा राष्ट्रपति विदेश भ्रमणको तयारीमा लागेको भन्दै भ्रमण रद्द गर्न सामाजिक सञ्जालमार्फत राष्ट्रपतिलाई आग्रह गरिएको थियो।

राष्ट्रपति कार्यालयका अनुसार भुकम्पका कारण भ्रमणका लागि परिस्थिति अनुकूल नरहेको भन्दै भ्रमण स्थगित गरिएको हो।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुन लागेको पेरिस पिस फोरममा भाग लिन कात्तिक २२ मा फ्रान्स गएर त्यहाँबाट जर्मनी र इटालीको भ्रमणमा जाने कार्यक्रम तय भइसकेको थियो।

कात्तिक २०, २०८० सोमबार १५:१५:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।