कोशीमा एमालेले विश्वासको मत फिर्ता नलिने, प्रतिपक्षी बेन्चमा बस्ने

कोशीमा एमालेले विश्वासको मत फिर्ता नलिने, प्रतिपक्षी  बेन्चमा बस्ने
फाइल फोटो

विराटनगर : एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तर, विश्वासको मत कायमै राख्ने निर्णय गरेको छ।

सोमबार बसको एमाले संसदीय दलको बैठकले विश्वासका मत फिर्ता नलिने तर प्रतिपक्षी बेन्चमा बस्ने निर्णय गरेको हो।

प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएको समर्थन फिर्ता लिएपनि विश्वासको मत कायमै रहेको बताए। 

यस्तै एमालेले बजेट अध्यादेश स्वीकृत गर्न सहयोग गर्ने, कर्णालीका भुकम्प पीडितलाई पारिश्रमिकमा कट्टा हुने गरि राहत सहयोग गर्ने, दूधको बजार व्यवस्थापन गर्न माग गर्नेलगायतको निर्णय गरेको भण्डारीले बताए।

कात्तिक २०, २०८० सोमबार १२:३८:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।