माओवादी केन्द्रको काठमाडौं केन्द्रित सडक प्रदर्शन स्थगित

माओवादी केन्द्रको काठमाडौं केन्द्रित सडक प्रदर्शन स्थगित
फाइल फोटो

काठमाडौं : माओवादी केन्द्रले आउँदो मङसिर २२ गतेका लागि घोषणा गरेको काठमाडौं केन्द्रित सडक प्रदर्शन स्थगित गरेको छ।

जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पलगायत कारणले काठमाडौं केन्द्रित सडक प्रदर्शनका कार्यक्रम स्थगित गरेको पार्टी महासचिव देव गुरूङले जानकारी दिए। 

काठमाडौं केन्द्रित कार्यक्रम स्थगित भए पनि अन्य पालिकाहरूमा प्रदर्शनका कार्यक्रम भने यथावत् रहेको उनले बताए।

‘भूकम्पमा जनधनको धेरै क्षति भएको छ। यस्तो शोकमा पार्टी कमिटी पनि राहत र उद्धारका काममा खट्नुपर्ने हुन्छ। यस्तो बेलामा जनप्रदर्शनको कार्यक्रम काठमाडौंमा नगर्ने निर्णय भएको हो,’ उनले भने।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढीकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जन प्रदर्शन गर्न माओवादी केन्द्रले प्रदेश कमिटीहरूलाई परिपत्र जारी गरेको थियो।

कात्तिक २०, २०८० सोमबार १२:१५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।