दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

दाङ : दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।

लमही नगरपालिका८ सतबरीयामा बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलयात्री स्थानीय ५५ वर्षका भीमसेन थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका वडा नम्बर ५ का २३ वर्षका राजेश देवकोटा घाइते भएका छन्। 

उनलाई उपचारको लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
 

कात्तिक २०, २०८० सोमबार १०:५८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।