भूकम्प पिडितहरुका लागि युनिलिभरद्वारा राहत सामग्री सहयोग

भूकम्प पिडितहरुका लागि युनिलिभरद्वारा राहत सामग्री सहयोग

काठमाडौं : युनिलिभर नेपालले पश्चिम नेपालका भुकम्प पिडितहरुलाई राहत प्रदान गरेको छ।

युनिलिभर नेपालले पश्चिम नेपालको जाजरकोट र पश्चिम रुकुममा भुकम्पबाट प्रभावित व्यक्तिहरुको लागि  सहयोग पुग्ने गरी राहत सामग्री सहयोग गरेको हो। 

मानवीय सहायताप्रति आफ्नो प्रतिबद्धताको एक हिस्सा स्वरुप युनिलिभर नेपालले प्रभावित क्षेत्रहरुमा अत्यावश्यकीय सहायता सामग्रीहरु उपलब्ध गराएको छ। 

युनिलिभर नेपालले हर्लिक्स, सुप, औषधि र औषधोपचार सामग्री, ७०० थान ब्ल्याङ्केटहरु २५० थान पालहरु र स्थानीय रुपमा खरिद गरिएका थप खाद्यान्नहरु जाजरकोट र रुकुम जिल्लामा वितरण गरेको छ।

युनिलिभरनेपालले स्थानीय निकायहरु,संघ-संस्थाहरु, संगठनहरु र समुदायहरुसँग समन्वय गरेर राहत सामग्री वितरणको कार्य प्रभावकारी ढंगले गरिरहेको छ। 

यूनिलिभर नेपाल संकटको समयमा राष्ट्रलाई आवश्यक सहयोग गर्न, विपदजन्य सहयोगमा योगदान पु¥याउन र समुदायहरुको पुनः निर्माणमा सहायता प्रदान गर्न प्रतिबद्ध रहेको समेत बताएको छ।

कात्तिक २०, २०८० सोमबार १०:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।