अछाममा भालुको आक्रामणबाट बालिका घाइते

अछाममा भालुको आक्रामणबाट बालिका घाइते
सांकेतिक तस्बिर

धनगढी : अछाममा भालुको आक्रमणबाट एक बालिका घाइते भएकी छिन्।

ढकारी गाउँपालिका-३ अनारीगाउँ स्थित जंगलमा घाँस काट्ने क्रममा सोही गाउँकी १५ वर्षीया बालिका दिलाकुमारी बुढालाई आइतबार जंगली भालुले आक्रामण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइते बालिकाको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याइएको प्रहरीले जनाएको छ। 

कात्तिक २०, २०८० सोमबार १०:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।