नेपाल वायुसेवा निगमले भूकम्पका घाइते र कुरूवासँग भाडा नलिने
काठमाडौं : नेपाल वायुसेवा निगमले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र कुरुवाको हवाई भाडा निःशुल्क गर्ने निर्णय गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत घाइते र कुरुवाको भाडा नलिने निर्णय भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
पौडेलका अुनसार नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामग्री ढुवानी निःशुल्क गर्ने निर्णय समेत निगमले गरेको छ।
जहाजको क्षमता, ठाउँ उपलब्धताका आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्यूल उडानमा निःशुल्क ढुवानी गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए।
शुक्रबार राति पश्चिम नेपालमा गएको भूकम्पपछि निगमले शनिबार बिहान काठमाडौंबाट तत्काल उद्धार उडान गरेको थियो। ७ जना घाइते समेत निगमको जहाजमार्फत काठमाडौं ल्याइएका थिए।
उनीहरुको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ।
कात्तिक २०, २०८० सोमबार ०९:४७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।